‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङको अभिनय

द सिनेमा टाइम्स, काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको अभिनय सिनेमामा देख्न पाइने भएको छ । सिनेमा 'खजुरे ब्रो'मा उनले अभिनय गरेका छन् । शनिबार उनको झण्डै एक मिनेट लामो दृश्यको छायांकन गरिएको छ । सिनेमामा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिनेछन् । धरानको एक पात्रमा आधारित भएर सिनेमा बनेकाले उनलाई अभिनय गराइएको हो…