चैत २ देखि ६ गतेसम्म चल्ने निफको निर्णायक समितिले पायो पूर्णता

द सिनेमा टाइम्स, काठमाडौं - ‘नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ (निफ)को छौंटो संस्करणको निर्णायक समितिले पूर्णता पाएको छ । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा फिचर सिनेमातर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो । अभिनेता, लेखक र निर्माताको रूपमा सक्रिय रहेका मोनाहान यसअघि उक्त विधाको प्रमुखमा भारतीय…