द सिनेमा टाइम्स, काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा 'पेन्सन पट्टा'को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानाकारी निर्माण टिमले दिएको हो । गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनिल थापा,…