द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’लाई दर्शकबाट 'उत्कृष्ट वर्डअफ माउथ' मिलेको छ । बलिउड र हलिउडका ठुला सिनेमाका कारण पहिलो दिनबाट नै औषत शोमा खुम्चिएको सिनेमालाई दर्शकबाट भने मास्टरपिस बनेको प्रतिक्रिया मिलेको हो । दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको सिनेमाका मुऋय कलाकारहरु गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य…