‘हनी बनी’मा अनमोल र साराको जोडी

द सिनेमा टाइम्स, काठमाडौं - दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा 'हनी बनी'को मुख्य अभिनेत्रीमा सारा सिर्पाली अनुबन्धित भएकी छिन् । निर्माण टिम र अभिनेत्री साराबीच सोमबार लिखित सम्झौता भएको हो । उनी सिनेमामा अनमोलको अपोजिटमा रहनेछिन् । सिनेमाको मुख्य भुमिकामा अभिनेता अनमोल केसी र अर्का अभिनेता सलोन बस्नेत केहीदिन अघि नै फाइनल भैसकेका छन्…