जातीय विभेदविरुद्ध सर्ट फिल्म प्रतिस्प्रर्धा, विजेतालाई २ लाख पुरस्कार

द सिनेमा टाइम्स, काठमाडौं - नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्धारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मुलन सम्बन्धी विषयलाई ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्नेछ । ‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने…