‘परदेशी २’ टिमलाई महायज्ञमा भव्य स्वागत तथा सम्मान

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रवारबाट दशैंको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा 'परदेशी २' टिम यतिबेला प्रचार-प्रसारमा व्यापक रुपमा लागिपरेको छ । सिनेमा प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ । यतिबेला निर्माण टिमल एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत सिनेमाको प्रचार गरिरहेको छ…