द सिनेमा टाइम्स, काठमाडौं । शहिद दिवसको अवसर पारेर भोली माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक्टरः टेक वन’को सोमबार ग्रान्ड प्रिमियर गरिएको छ । भक्तपुरको राधे राधेस्थित क्युएफएक्स हलको झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो । सिनेमाका मुख्य कलाकार प्रदिप खड्का, राजबल्लभ कोइराला, आना शर्मा र दिव्या रायमाझीको…