‘ए सोल्टिनी’ शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'ए सोल्टिनी'को गीत रिलिज भएको छ । प्रदर्शनको लागि एक साता बाँकी रहँदा निर्माण पक्षले सविन श्रेष्ठ फिचर्ड शिर्ष गीत सार्वजनिक गरेको हो । सिनेमाका निर्देशक निमा लामाको शब्द/संगीत रहेको गीतमा सविनसँगै अर्जुन गुरुङ र गंगा राना मगर पनि प्रस्तुत छन् । गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।…