द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री श्रद्धा कपूर र नेपाली मुलकका फोटोग्राफर रोहन श्रेष्ठको विवाहको बेला बेलामा चर्चा भईरहन्छ । हालै माल्दिभ्समा श्रद्धाको आफन्तको विवाहमा उनीहरु एकसाथ देखिएपछि विवाहको चर्चा चलेको हो । रोहनको बुबा रोशन श्रष्ठले श्रद्धा र रोहनको विवाहको बारेमा भारतीय मिडियासँग भने, ‘उनीहरु दुवै आफ्नो प्रोफेशनल लाइफमा निकै राम्रो गरिरहेका छन्…