द सिनेमा टाइम्स, काठमाडौं - ‘पिम नेपाल सिनेमा महोत्सव’को पाँचौं संस्करणमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रमिला कार्की उत्कृष्ट घोषित भएका छन् । सिनेमा ‘डिसेम्बर फल्स’बाट आर्यनले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्दा असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘बगान’बाट प्रमिलाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् । जमलस्थित साँस्कृतिक संस्थानमा तीन दिनसम्म चलेको उक्त फेस्टिभलमा…