बरिष्ठ निर्देशक किशोर रानाको निधन

द सिनेमा टाइम्स, काठमाडौं - ’राँको’बाट नेपाली सिनेमा निर्देशनमा डेव्यु गरेका निर्देशक किशोर रानाको बुधबार निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उनको ६४ वर्षको उमेरमा बुधबार निधन भएको हो । रानाको बुधबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । सिनेमा प्रतिबिम्ब निर्माणको क्रममा मृगौलामा समस्या देखापछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस…