प्रिमियरमा ‘राधा’लाई सकारात्मक प्रतिक्रिया, सृष्टिको अभिनयले जित्यो मन

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा 'राधा'को राजधानीमा प्रिमियर सम्पन्न भएको छ । बिहिबार बेलुका सम्पन्न प्रिमियरमा सिनेमाका कलाकार, सेलिब्रिटी र पत्रकारहरुको सहभागिता रह्यो । सुवर्ण थापा निर्देशित सिनेमाले प्रिमियरपछि सकारात्मक प्रतिक्रिया बटुल्यो । आगन्तुकले मुख्य कलाकार सृष्टि श्रेष्ठको अभिनय र कथाबस्तुको तारिफ गरे । सृष्टिसंगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य…