भारतबाट तृप्तिको भिडियो संदेश: छोरा धिरजको ‘बाबरी’ हेरिदिन आग्रह

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबार अर्थात् असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा 'बाबरी'बाट नेपाली सिनेमा क्षेत्रले एक अभिनेता चिनाउदैछ । भारतमा जन्मिएका धिरज नाडकर अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । कुनै समय तृप्तिको अभिनय र सुन्दरताले नेपाली दर्शक माँझ गहिरो छाप छोडेको थियो । तृप्ति नेपाली सिनेमामा नदेखिएको दशक पुगेपनि दर्शकले उनलाई बिर्सेका…