द सिनेमा टाइम्स, काठमाडौं - अनुपविक्रम शाही र आना शर्माको मुख्य भूमिका रहने सिनेमा 'मायाको माया'को शुभसाइत गरिएको छ । मंगलबार ललितपुरको खोकनास्थित कार्यविनायक मन्दिरमा सिनेमाको मुहूर्त गरिएको हो । मुहूर्तमा सिनेमाका कलाकार, निर्माता, निर्देशक र प्राविधिक उपस्थित थिए । रोहितकरण वैद्यको निर्देशन रहने फ्यामिली ड्रामामा आना र अनुपले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको हो…