द सिनेमा टाइम्स, काठमाडौं - बलिउडका पाका अभिनेता दिलिप कुमार अस्पतान भर्ना भएका छन् । आइतबार एकाएक उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याएको पत्नी सायरा बानुले उल्लेख गरेकी छन् । दिलिप कुमारले श्वास फेर्न गाह्रो भएको बताएपछि उनलाई खर रोडस्थित हिन्दुजा अस्पतालमा लगिएको छ । हाल अस्पतालमा श्वासप्रश्वास सम्वन्धि डाक्टरको एकटिमले दिलिपको उपचार गरिरहेका छन्…