द सिनेमा टाइम्स, काठमाडौं । नेपालको चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण सिनेमा ‘परान’को टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधबारदेखि देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलले अग्रीम टिकट बुकिङ खुलाएका हुन् । भोलि शुक्रबार अर्थात् कार्तिक १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परान’ले देशभर…