द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सुपत र अभिनेत्री परिक्षा लिम्बुको मुख्य भूमिका रहेको सिनेमा ‘सोल्टिनी’को गीत सार्वजनिक गरिएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको हो । पूर्वेली मारुनी भाकामा आधारित गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको…