बैशाख २५ गते रिलिज हुने ‘गुरुआमा’को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गुरु आमा’को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा ममता गुरुङ र मोहन नेपालीको स्वर तथा प्रेम सोनी सुनारको शब्द रचना र बीबी अनुरागीको संगीत छ । एकेन्द्र सारा शंकरको कोरियोग्राफीमा निर्माण भएको गीतको…