सरोज खनाल निर्देशित ‘बगान’को टिजर रिलिज, एकल आमाको भूमिकामा करिश्मा

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता सरोज खनालको डेव्यु निर्देशकिय सिनेमा ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार इन्टरनेट रिलिज गरिएको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई विशेष प्राथमिकता दिइएको छ । उनलाई एकल आमाको रुपमा चित्रण गरिएको छ । १ मिनेट १३ सेकेन्ड लम्बाईको टिजरको क्लाइमेक्समा कलाकार नीर शाहलाई फर्काएको संवादमा करिश्माको अभिनय मनछुने छ ।…