द सिनेमा टाइम्स, काठमाडौं - आगामी साउन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लामो ट्रेलरमा भुवन सिंह राई र सारा लोहोरुङ राईबीचको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । कलाकार बुद्धि तामाङले भुवनको पिताको भूमिका निभाएका छन् । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको सिनेमालाई किरण राईले निर्देशन गरेका हुन्…