द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक कृषा चौलागाईंले रोमान्टिक र चरित्र अभिनयसँगै एक्सन सिनेमामा पनि प्रदीप खड्का उत्तिकै अब्बल रहेको बताएकी छन् । सोमबार टिजर रिलिज कार्यक्रममा कृषाले प्रदीपको अभिनय क्षमताको खुलेर तारिफ गरिन् । उनले आफूले सोचेजस्तै एक्सन प्रदीपले सिनेमामा दिएको बताइन् । एक्सन सिनेमामा पनि प्रदीपले आफूलाई ‘पिताम्बर’बाट प्रमाणित गर्ने कृषाको दाबी छ…