३६ वर्षका भए रोमान्टिक अभिनेता आर्यन सिग्देल

द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली रोमान्टिक सिनेमामा सर्वाधिक सफल मानिएका अभिनेता आर्यन सिग्देलको आज जन्मदिन परेको छ । २०६४ सालमा सिनेमा 'किस्मत'बाट ड्रिम डेब्यु गरेका आर्यन आजबाट ३६ वर्ष पुरा भएका छन् । नेपालमा चकलेटी हिरोको छवि बनाएका आर्यनले करिअरको उत्कर्षमा 'एक-से-एक' सफल सिनेमा दिएका थिए । उनि विशेष गरि रोमान्टिक लभस्टोरी सिनेमाका लागि प्रख्यात छन् ।…