द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुनको १४ गतेबाट प्रदर्शनमा आउने लागेको सिनेमा ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द रचना छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाईं, करिश्मा श्रेष्ठ, सुशिल सिटौला लगायत फिचर्ड छन्…