द सिनेमा टाइम्स, काठमाडौं । नेपाल चलचित्र संघ र सेभेन सिज सिनेमा आमनेसामने भएका छन् । 'पूर्णबहादुरको सारंगी'को कलेक्सन रिपोर्ट फेक भएको भन्दै सभेन सिजले २० वटा हलको नाम सार्वजनिक गरेको थियो । त्यसपछि सिनेमा हलहरूको संस्था चलचित्र संघले विज्ञप्ति जारी गर्दै संघका सदस्यहरूको मानमर्दन गरेको भन्दै हलहरूले बक्सअफिस रिपोर्ट लुकाएको प्रमाण देखाउन चुनौती दियो…