द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक विकासराज आचार्य निर्देशित सिनेमा 'नाई नभन्नू ल ६'को पहिलो गीत सार्वजनिक भएको छ । डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा फिचर्ड 'दिउँला माया' बोलको रोमान्टिक गीत सोमबार रिलिज गरिएको हो । सार्वजनिक गीतले उनीहरुको प्रेमभाव बोल्छ । आँचलले निभाएको चरित्रलाई गायनप्रति रुचि रहेको बुझाउन खोजिएको छ ।…