‘घामड शेरे’को कथा, पृष्ठभूमि र मनोरंजन बिल्कुलै फरक छ – निर्देशक बिसी

द सिनेमा टाइम्स, काठमाडौँ - जब पहिलो पटक निश्चल बस्नेतले 'घामड शेरे'को केन्द्रिय द्वन्द्व पढे, उनको मस्तिस्कमा बलिउड सिनेमा 'ओ माइ गड'को कथाबस्तु घुम्न थाल्यो । अनि झट्टै निर्देशक हेमराज बिसीलाई सोधे, 'यो त 'ओ माइ गड'को केन्द्रिय द्वन्द्वसँग मेल खाएन र ? 'घामड शेरे'को ट्रेलर हेर्दा 'ओ माइ गड'मा अभिनेता परेश रावलले भगवान विरुद्द मुद्दा हालेको…