द सिनेमा टाइम्स, काठमाडौँ - एभरेस्ट सूर्य बोहरा निर्देशित नयाँ सिनेमा 'श्री'को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । समसामयिक कथाबस्तु आधारित सिनेमा लकडाउनको बेला इन्डोरमा खिचिएको निर्माण पक्षले बताएको छ । निर्माण पक्षले यो सिनेमा जम्मा ७२ घण्टामा खिचिएको दावी गरेको छ । '७२ घण्टामै छायांकन सकाएको भएपनि सिनेमाले पूर्ण मनोरंजन र सामाजिक संदेश दिनेछ…