९२ औँ ओस्कारमा साउथ कोरियन सिनेमा ‘प्यारासाइट’को वर्चश्व (सुचीसहित)

द सिनेमा टाइम्स, काठमाडौँ - ९२ औँ एकेडेमी अवार्ड ओस्कारमा साउथ कोरियन सिनेमा प्यारासाइटले वर्चश्व जमाएको छ । आइतबार लस एन्जल्सस्थित डल्बी थियटरमा सम्पन्न समारोहमा प्यारासाइटले सर्वोत्कृष्ट सिनेमा, निर्देशक, ओर्जिनल पटकथा र अन्तर्राष्ट्रिय फिचर सिनेमासहित सर्वाधिक चार विधाका अवार्ड कब्जा गर्यो । यस्तै सर्वोत्कृष्ट साउण्ड मिक्सिङ, भिज्युअल एफेक्ट्स र सिनेम्याटोग्राफीको तीन विधामा १९१७ले अवार्ड जित्यो…