द सिनेमा टाइम्स, काठमाडौं । नेपाली गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा आधारित कथानक सिनेमा 'जनक्रान्ति' निर्माण घोषणा गरिएको छ । यो सिनेमाको पहिलो पोस्टर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सार्वजनिक गरेका छन्। पोस्टर सार्वजनिक गर्दै प्रचण्डले भने, 'जनक्रान्ति सिनेमाले गणतन्त्र स्थापनाको लागि गरिएको संघर्ष र त्यसपछिको…