द सिनेमा टाइम्स, काठमाडौं । कर्णाली प्रदेशको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई सिनेमाको माध्यमबाट उजागर गर्ने उद्देश्यसहित नयाँ नेपाली सिनेमा 'रेलको बाटो' बन्ने भएको छ । कस्तुरी प्रोडक्सन प्रालि र रेड अम्ब्रेला इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको सिनेमाको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्दैछन् । सिनेमाको औपचारिक घोषणा गर्दै निर्माण टिमले विषयवस्तुलाई संकेत गर्ने पोस्टर सार्वजनिक…