द सिनेमा टाइम्स, काठमाडौं । २.५ फिटमुनिका बालबालिकालाई लिएर क्यूएफएक्सका हलमा सिनेमा हेर्न जान नपाइने भएको छ । बुधबार एक सूचना जारी गर्दै क्यूएफएक्स चेनले अब क्यूएफएक्सका हलमा २.५ फिटमुनिका बालबालिकालाई प्रवेश नदिइने जनाएको छ । क्यूएफएक्स नेपालकै ठूलो मल्टिप्लेक्स चेन हो । क्यूएफएक्सको सूचनामा भनिएको छ, 'वृद्धदेखि बालकसम्म सबै दर्शकलाई सिनेमा हेर्न तोकिएको टिकटदर…