द सिनेमा टाइम्स, काठमाडौं । नेपाली साइन्स फिक्सनमा सिनेमा ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । आइतबार सिनेमाको निर्माण टिमले सिनेमाका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो अवतारमा देखिएका छन् । सुरज सिंह ठकुरीको क्यारेक्टर नाम ‘काल’ रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ ।…