प्रकाश, केकी र वर्षा अभिनित ‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'परदेशी २'को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेशनमा सिनेमालाई पहिलो दिन ३७ शोज उपलब्ध गराएको छ । यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले ‘परदेशी २’लाई आफ्नो तीनटा स्टेशनमा १२ शोज दिएको…