सेन्सर पास भयो ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात् फागुन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘उपहार’ सेन्सर पास भएको छ । सिनेमाले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको हो । यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले सिजलै सिनेमा हेर्न सक्छन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा…