भदौ ६ गते रिलिज हुने ‘ताराहरू’को नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा 'ताराहरू'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा देखिएका पात्रहरूले सिनेमाको भावनात्मक र मनोवैज्ञानिक आयाम झल्काउँछन् । मुख्य अभिनेता आशान्त शर्माको लुक्स अशान्त, मानसिक रूपमा विचलित देखिन्छ भने, साथमा देखिएकी अभिनेत्री मेनुका प्रधान को चरित्रले भिन्न र रहस्यमय प्रभाव दिने संकेत गर्छ…