कान्छी: दोस्रो रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – भोलि अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘कान्छी’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘यो मन रमाउदै...’ बोलको गीत स्याड रोमान्टिक लाग्छ । गीतमा मुख्य कलाकारद्वय दयाहाङ राई र श्वेता खड्का फिचरिङ छन् । अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतमा दिवाकर भट्टराईको शब्द, अन्जु पन्त/युवराज चौलागाईको स्वर र बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।…