द सिनेमा टाइम्स, काठमाडौं - चलचित्र विकास बोर्डले आज शुक्रबारबाट देशभरका सिनेमा हल अनुगमन थालेको बोर्ड सदस्य तथा बक्सअफिस अनुगमन समिति संयोजक राज कटुवालले बताए । पछिल्लो समय बोर्डको अनुमति विना हलले शो र टिकट मुल्य बढाउने, बक्सअफिस रियल टाइम डाटा उपलब्ध नगराएर निर्मातालाई वितरकमा निर्भर बनाउने लगायतको व्यापक गुनासो आएपछि सिनेमा हल अनुगमन थालिएको…