सरकारले माघ मसान्तपछि सिनेमा हल खोल्न अनुमति दिन्छ : अशोक शर्मा

द सिनेमा टाइम्स, काठमाडौं - नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले सरकारले चाँडै सिनेमा हल खोल्न अनुमति दिने बताएका छन् । मंगलबार चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल र चलचित्र संघका पदाधिकारीको टिम सिनेमा हल खोल्ने विषयमा छलफलको लागि सुचना तथा संचार मन्त्रालय पुगेको थियो । महासचिव शर्माले मन्त्रालयका सचिव, सिसिएमसीका सचिव र सिडियोसँगको छलफल…