द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । मंगलबार जैसलमेरको सूर्यगढ प्यालेसमा उनीहरुले अग्निलाई साक्षी राखेर विवाह गरेका हुन् । सिनेमा ‘शेरशाह’बाट सुरु भएको प्रेम सम्बन्धलाई उनीहरुले श्रीमान्-श्रीमतीको रुपमा परिणत गर्दै जीवनभर साथ रहने वाचा गरेका दुवैले विवाहका तस्विरहरु आ-आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्…