‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बराल सिनेमा ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा घाइते भएका छन् । गत बुधबार पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्क गाउँमा सिनेमाको एक दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा उनको दाहिने हातको जोर्नीमा चोट लागेको हो । त्यहाँ करिब १५ दिनदेखि सिनेमाको छायांकन भइरहेको थियो । दुर्घटना…