द सिनेमा टाइम्स, काठमाडौं - बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय सिनेमा महोत्सव (किम्फ)मा प्रमुख वक्ताको रुपमा सहभागी हुने भएका छन् । आयोजक हिमाल एसोसिएसनले महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रुपमा सहभागि हुने जानकारी विज्ञप्तिमार्फत गराएको छ । झा अभिनित तथा एम गनी निर्देशित सिनेमा ‘मट्टोकी साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ ।…