फ्रान्सेली सिनेमा ‘दिग्बी’को छायांकन नेपालमा गरिने

द सिनेमा टाइम्स, काठमाडौं - फ्रान्सली सिनेमाको छायांकन नेपालमा गरिने भएको छ । ‘दिग्बी’ नामको फ्रान्सेली सिनेमा नेपालमा छायांकन हुन लागेको हो । लोकेशन खोज्ने शिलशिलामा नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतवार काठमाडौंको एक पाँचतारे होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सेली भाषामा बन्ने सिनेमाको बारेमा जानकारी गरायो । काठमाडौं र सर्वोच्च शिखर सगरमाथाको काखमा…