पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट ल्याइयो

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता पल शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट थप अनुसन्धानका लागि पूर्वी नवलपरासी र्पुयाइएको छ । मंगलबार बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट र्पुयाइएको हो । जबर्जस्ती करणी र दुव्र्यवहारको मुद्दामा तनहुँ प्रहरीले शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ९ दिनदेखि पल शाह तनुहँ प्रहरीको हिरासतमा थिए ।…