सिनेमा र संगीत क्षेत्रका लागि निर्माता संघद्वारा राहत माग

द सिनेमा टाइम्स, काठमाडौँ - कोरोना भाइरस 'कोभिड-१९' नियन्त्रण तथा रोकथामका निम्ति नेपाल सरकारले देशैभरका सिनेमा हल बन्द गरेपछि यसको प्रत्यक्ष असर सिनेमा र संगीत क्षेत्रमा पर्न गएको छ । झन्डै डेढ महिनाको हल बन्दले सिनेमा र संगीत क्षेत्रको आर्थिक पक्षलाई नराम्रोसँग थला पार्नेमा कुनै संकोच छैन । यहि समस्यालाई मध्येनजर गर्दै नेपाल चलचित्र निर्माता संघले…