द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट नेपाली सिनेमा घरमा कुनैपनि नयाँ नेपाली सिनेमा प्रदर्शन भएका छैनन् । बलिउडको ठुलो सिनेमा 'बागी ३' कारण पनि नेपाली सिनेमाले फागुन २३ लाई आफ्नो प्रदर्शन मिति तोक्न सकेनन् । यस्तै, आज शुक्रबारबाट फागुन ९ गतेबाट प्रदर्शनमा आएका दुई सिनेमा 'आमा' र 'सेन्टी भाइरस' तेस्रो सातामा प्रदर्शन भैरहेका छन्…