द सिनेमा टाइम्स, काठमाडौँ - कार्तिक १५ मा रिलिज हुने सिनेमा 'बादशाह जुट'को विवाद टुंगिएको छ । सिनेमाको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको थियो । संघका गण्डकी प्रदेशका सभापति शाह मोहम्मद मियाँले जारी गरेको उक्त विज्ञप्तिमा सिनेमाको ट्रेलरलाई सामाजिक संजालबाट हटाउन निर्देशन…