द सिनेमा टाइम्स, काठमाडौं - गत शुक्रबारबाट प्रदर्शनमा आएकोे सिनेमा 'उपहार'को 'खाडीमा भेटौंला' बोलको गीत मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द रचना छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । सिनेमाले बक्सअफिसमा सुखद व्यापार गरिरहेको वितरक करणले जानकारी…