युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘हर्ष’

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १२ अर्थात् यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हर्ष’ सेन्सर पास भएको छ । मंगलबार यो सिनेमाले चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट सहित सेन्सर पास भएको हो । सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमालाई हरेक उमेर समुहका दर्शकले सजिलै सिनेमा हेर्न पाउने भएका हुन् ।…