द सिनेमा टाइम्स, काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो सिनेमाको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो । यो सिनेमाको शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन् । सिनेमाका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि…